Thursday, May 9, 2013

हसनपुर

हसनपुर गाविस:

भौगोलिक बनावटका हिसाबले भन्ने हो भने सबभन्दा होचो र उत्तरमा पात्लेपानी,पश्चिममा दुङमाना देखिन्छ । भोजपुर जिल्लाकै होचो र दक्षिण अन्तिम भागमा रहेको गाविस हो हसनपुर । यो गाविसबाट नजिकै धनकुटा जिल्ला देखिन्छ भने अरुण नदीले यसलाई कित्ताकाट गरेको छ र अर्को तर्फ उदयपुर जिल्ला देखिन्छ भने यसलाई दुधकोशी ले कित्ताकाट गरेको छ ! सदरमुकामबाट करिब १९ कोष जति टाढा रहेको यो गाविसमा ५३४ घरधुरी रहेका छन् भने २,७४४ जनसंख्या रहेको देखिन्छ । यहाँ १ मावि र ५ प्रावि स्कूल संचालित रहेका छन् । किनमेल र बजारका लागि यहाँका बासिन्दा सिम्ले,घोरेटार, अक्करको भीर काटेर बराहक्षेत्र र चतरा–धरान धाउने गरेको पाइन्छ । आजभन्दा दुई दशक अगाडि भोजपुरको भरिया संस्कृति अहिले त्यतिबिध्न देखिँदैन । तर त्यो भन्दा अघि भने यसै गाविसको फेद हुँदै त्रिवेणी घाट तरेर टाङकेरा अनि डर लाग्दो अक्करको भीर पार गरी नून–भुटुन–मसला, अनि लत्ता–कपडा बोक्ने भरियाहरू दुःख लाग्दो लोक राग यही अक्कर, अरुण र दुध्कोशिमा विलीन हुने गर्दथ्यो । अहिले पनि हसनपुर भनेर भोजपुर हाँस्न सक्दैन ।
हसनपुर, भोजपुर जिल्ला भरिको एक बिकट गा.वि.स अन्तर्गत नै पर्छ। ‌यस् गा वि स मा ९ वडा छन्।१ न्: मचुवाटार र हलेदे। २ न्: उखुबारी र चुवार। ३ न्:बार्ताङ्ग। ४ न्:कोल्टार्,ताम्ताङ्ग। ५ न्: गैरिगाउ।६ न्: माङ्पाराङ्ग्,मुस्ताङ्ग्,च्यामलाङ। ।७ न्:थुम्कि,टोड्के। ८ न्: ज्यामिरे,लुइँटेल डाडा। ९ न्: पैरे ।
यस् गा वि स को १,२,३,६,७,८ न्: मा राई समुदाय को बसोबास रही आएको छ । ४ न्: मा भने अधिकाँश बाहुन्,क्षेत्री समुदाय को बसोबास रहेको छ र ९ न्: वडा मा तमाङ समुदायको बसोबास रही आएको छ।
५ न्: वडा मा भने मगर समुदाय को बसोबास रही आएको छ। अन्य जातजातिको भने पातलो उपस्थिति रहेको छ ।
यस हिसाबले हेर्दा हसनपुर गाविसमा राई, क्षेत्री, कामी, दमाई, सार्की, तामाङ, बाहुन, मगर आदि सबै जाति सम्मिलित समाज रहेको देखिन्छ । यहाँ अतिरिक्त हुलाक, उपस्वास्थ चौकी आदि सरकारी निकायहरू स्थापित छन् ।यहाँ उच्च मावि स्थापना गर्ने प्रक्रिया अगाडि बढिरहेको छ र यहा प्रहरी चौकी पनि बन्ने प्रक्रियामा छ। यहाँका प्रमुख अन्नबालीमा कोदो, धान, मकै, गहुँ, गौ, फापर, केराउ, तोरी आदि हुन् यो गाविसमा अन्नबाली तथा स्थानीय फलफूल तथा सागसब्जीको पनि उत्पादन हुने देखिन्छ। यस गाविसमा अन्यबालीका साथै अदुवा,दाल बोडा पनि खेती हुन्छ । भने यस गाविसमा पशुपालनका लागि चरण, पाखा भिर र घाँस आदिको सुविधा रहेको पाइन्छ र गोठाले, दाउरे तथा खेतलेहरूका आदीम हाक्पारे आवाज अहिले पनि हसनपुरको कन्दरामा गुन्जिने गर्दछ ।

No comments:

Post a Comment