भोजपुर
रानीबास गाविस घोडेटारमा अवस्थित ऐतिहासिक बिरासत बोकेको हाम्रो सम्पदा
“हतुवा गढी दरवार” । हतुवागढीको आफ्नै एतिहासिक बिरासत रहेको छ ।
चौदन्डीगढीमा सेनवंशी शासकसँग सहशासन गर्दै रहेका किरात योद्धा अटलसिंह
राईले हतुवागढीमा निर्माण गरेको ऐतिहासिक
किल्ला यतिबेला रुग्ण र भग्न अवस्थामा रहेको देखिन्छ । त्यसै युगको आसपासमा
विजयपुर गढीमा सत्ता सम्हालिरहेका बुद्धिकर्ण राईका सहयोगी सुन राई, पुन
राई आदि गोर्खाली फौजबाट धपाइएका आला इतिहास पनि यस हतुवागढीलाई किल्ला
बनाउने अटलसिंह राईसँग जोडिएको देखिन्छ । जे होस इतिहास बोकेको रानीबास
गाविस यतिबेला संरक्षण अनि सुधारको पखाईमा रहेको देखिन्छ । रानीबाससँग
हतुवा अनि हतुवासँग अदुवाको अनगन्ति मिथकहरू भेटिन्छन् । जो किरात राई
जातिका संस्कृतिसँग जोडिने गर्दछन् ।
No comments:
Post a Comment